News
महिला ओलम्पिक फुटबलः जर्मनीलाई काँस्य पदक
काठमाडौं (एजेन्सी) । फ्रान्समा जारी ओलम्पिक गेम्सको महिला फुटबलतर्फ जर्मनीले तेस्रो स्थान हासिल गर्दै काँस्य पदक जितेको छ । शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीले स्पेनलाई १–० ले हराउँदै काँस्य पदक जितेको हो ।
जर्मनीको जितमा खेलको ६५औं मिनटमा जिउला ग्वीनले पेनाल्टी मार्फत गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक गोल बन्यो । स्मरण रहोस, सेमिफाइनलमा जर्मनीले अमेरिकासँग हार बेहोरेको थियो भने स्पेनले ब्राजीलसँग पराजय बेहोरेको थियो ।
उता स्वर्ण पदकका लागि शनिबार पेरिसमा ब्राजील र अमेरिका फाइनल खेल्दैछन् । फाइनलमा यी दुवै टोलीलाई स्वर्णको बलियो दावेदार मानिएको छ । र खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
Post Comments
Related News
- उत्तर कोरिया तेस्रोपटक फिफा यु–२० महिला विश्वकपको च्याम्पियन
- फिफा यु–२० महिला विश्वकपः क्वाटरफाइनलमा उत्तर कोरियासँग ब्राजील र जापानसँग स्पेन स्तब्ध
- फिफा फुटसल विश्वकपः थाइल्याण्ड, अफगानिस्तान विजयी शुरुवात
- फिफा विश्वकप एसियाली छनौटको तेस्रो चरणको खेलहरु शुरु
- सेप्टेम्बरमा शून्य नेपाली अन्तर्राष्ट्रिय फुटबल, रेफ्रीलाई भने अवसर