News
होण्डासहित काठमाौं आइपुग्यो पारो
काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेल खेल्न भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब काठमाडौं आइपुगेको छ । शनिबार बिहान आइपुगेको पारोलाई त्रिभुवन विमानस्थलमा स्वागत गरियो ।
भुटानी टोलीलाई चर्च ब्वाईज युनाइटेडका पदाधिकारीहरुले विमानस्थल मै स्वागत गरेका थिए । च्यालेञ्ज लिग कै लागि भने जापानी सुपरस्टार केइसुके होण्डा पनि नेपाल आइपुगेका छन् ।
स्मरण रहोस, च्यालेञ्ज लिग अन्तर्गत पारो एफसीले यही अगस्त १३ तारीख (साउन २९ गते) का दिन नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसँग खेल्ने कार्यक्रम छ ।
जुन खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै दर्शकहरुका लागि टिकटदर सामान्यतर्फ २०० र विशिष्टतर्फ ५०० तोकिएको छ । साथै दर्शकहरुले खल्ती एपमार्फत अनलाईन टिकट पनि खरिद गर्न सक्ने छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल