News नेत्र गुरागाई स्मृति कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

म्याङलुङ । यही भदौ ७ गते शुक्रबारदेखि शुरु हुन गईरहेको नेत्र गुरागाई स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । म्याङलुङ स्र्पोटिङ युवा क्लब, तेह्रथुमको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको पहिलो दिन भदौ ७ गते दुई खेलहरु हुनेछन् । जसअन्तर्गत दिनको १२ बजे हुने पहिलो खेलमा आयोजक म्याङ्लुङ स्र्पोटिङ युवा क्लब र छथर जोरपाटी युवा क्लब, धनकुटा भिड्ने छन् । त्यस्तै २ बजे हुने दोस्रो खेलमा बीबीसी, तेह्रथुम र मादी नगरपालिका, संखुवासभा भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भदौ १५ गतेका दिन हुनेछ ।

Post Comments