
प्रि-क्वाटर फाइनलका अन्तिम दुइ खेल हुने तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुरागाई स्मृति गोल्डकपमा आइतबार पनि प्रि-क्वाटर फाइनलका दुइ खेल सम्पन्न भएका छन ।
म्याङलुङ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा थ्री स्टार जलजले तेह्रथुमले ड्रिम ब्वाइज तेह्रथुमलाई दुइ शुन्य गोलले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ । त्यस्तै आइतबार नै सम्पन्न दोस्रो खेलमा मुनाल फुटबल क्लब तेह्रथुमलाई २-१ गोलले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बि.एम. एकेडेमी बेलबारी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो । भदौ १५ गते सम्म सन्चालन हुने प्रतियोगितामा विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने अध्यक्ष मोतेले बताउँनुभयो ।
त्यसैगरी वेष्ट किपर,वेस्ट प्लेयर,वेस्ट डिफेन्डर, हाई स्कोरर र उदयमान खेलाडीलाई उचित पुरस्कारले पुरस्कृत गरिने खेल संयोजक राजहाङ पीरती सुब्बाले बताउँनुभयो । भदौ १९ गते सोमबार पनि प्रि-कवाटर फाइनलका अन्तिम दुइ खेल सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।
पहिलो खेल छथर गाउँपालिका तेह्रथुम र इटहरी फुटबल क्लब बिच प्रतिस्प्रधा हुनेछ । दोस्रो खेल दिउँसो २ बजे जिरीखिम्ति तेह्रथुम vs चुलाचुली दमक बिच हुने बताइएको छ ।