News भारतलाई निराश पार्दै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
गोलनेपाल

काठमाडौ । दावेदार तथा साविक विजेता भारतलाई हराउँदै बंगलादेश जारी साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछी खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । टाईब्रेकरमा भने बंगलादेशले भारतमाथी ४-३ को जित निकाल्दै फाइनल स्थान पक्का गर्यो ।

यो हारसँगै बंगलादेशले गत संस्करणको फाइनलमा भारतसँग बेहोरेक हारको बदला समेत लिएको छ । अब बंगलादेशले फाइनलमा २८ अगस्त बुधबारका दिन घरेलु टोली नेपालसँग फाइनल खेल्नेछ ।

स्मरण रहोस, जारी प्रतियोगितामा नेपाल र बंगलादेश एकै समुहमा रहेर लिग चरणमा पनि खेलेका थिए । त्यतिबेला नेपालले बंगलादेशमाथी २-१ को जित निकालेको थियो ।

Post Comments