
म्याङलुङ । तेह्रथुमको म्याङलुङमा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको क्वाटर फाइनल समीकरण पूरा भएको छ । म्याङलुङ रंगशालामा सोमबार सम्पन्न पहिलो खेलमा छथर गाउँपालिका तेह्रथुमलाई २-० गोलले पराजित गर्दै इटहरी फुटबल क्लब सुनसरी क्वाटर फाइनल प्रवेश गरेको छ ।
त्यस्तै सोमबार नै सम्पन्न दोस्रो तथा अन्तिम प्रि-क्वाटर फाइनलमा जिरिखिम्ति तेह्रथुमलाई ३-१ गोलले पराजित गर्दै चुलाचुली दमक झापा क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
भदौ ११ गते मंगलबार देखि क्वाटर फाइनलका खेल शुरू हुने हुने आयोजकले जानकारी दिएको छ । पहिलो क्वाटरफाइनल खेल दिउँसो १२ छथर जोरपाटी धनकुटा र कुम्मायक गाउँपालिका पॉचथर बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो २ बजे BBC तेह्रथुम vs सप्तरी बिच हुने बताइएको छ ।
लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो । भदौ १५ गते सम्म सन्चालन हुने प्रतियोगितामा विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने अध्यक्ष मोतेले बताउँनुभयो ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न