म्याङलुङ । तेह्रथुममको म्याङलुङ रंगशालामा जारी नेत्र गुरागाई स्मृति गोल्ड कप २०८१ को सेमीफाइनल समीकरण पूरा भएको छ । सेमीफाइनलमा छथर जोरपाटी धनकुटाले थ्री-स्टार तेह्रथुमको सामना गर्नेछ भने बि.बि.सि. तेह्रथुमले चुलाचुली दमक झापासंग प्रतिस्पर्धा गर्नेछ ।
दुबै सेमीफाइनल खेल भदौ १३ गते बिहीबार हुनेछन । पहिलो सेमीफाइनल बिहीबार दिनको १२ः३० बजे र दोस्रो सेमीफाइनल बिहीबार दिनको २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
बुधबार सम्पन्न तेस्रो क्वाटर फाइनलमा थ्री स्टार तेह्रथुमले ट्राइवेकरमा इटहरी फुटबल क्लब सुनसरीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमीफाइनल पुगेको हो । निर्धारीत समयमा दुबै टिमबाट गोल हुन नसकेपछी नतिजा ट्राइबेकर मार्फत निकालिएको थियो ।
त्यस्तै बुधबार नै सम्पन्न अन्तिम क्वाटर फाइनलमा चुलाचुली दमकले डिफेन्डिङ च्याम्पियन बेलबारीलाई एक शुन्यले पराजि गर्दै सेमीफाइनलमा आफ्नो भेट बि.बि.सि. तेह्रथुमसंग पक्का गरेको हो । खेलको दोस्रो हापमा पाएको कर्नर मार्फत हेड गर्दै समीर तामाङले गरेको नै चुलाचुलीको जितका लागि निर्णायक बन्यो ।
लाखेजात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ रंगशालामा विगत वर्षहरूमा झै यो वर्ष पनि प्रतियोगिता सन्चालन गरिएको म्याङलुङ स्पोटिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो । भदौ १५ गते सम्म सन्चालन हुने प्रतियोगितामा विजेताले २ लाख सहीत ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्ने अध्यक्ष मोतेले बताउँनुभयो ।
- तेह्रथुमको आठराईमा असोज १९ गते देखि दोस्रो चुहानडॉडा खेलकुद कार्यक्रम हुँदै
- बि.बि.सि.तेह्रथुमलाई नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि
- छथर जोरपाटि र बि.बि.सि. फाइनलमा भिड्ने
- छथर जोरपाटी धनकुटा तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको फाइनलमा प्रवेश
- प्यारालाइसिस अवस्थामा रहेका तेह्रथुमका एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै