काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को यही भदौ ११ र १३ गते बसेको सातौं कार्यसमितिको बैठकले एन्फा महासचिवको पारिश्रमिक २ हजार अमेरिकी डलर गर्ने निर्णय गरेको छ ।
यसअघि ११ गते बसेको बैठकले नै महासचिवको पारिश्रमिकबारे कुरा उठाए तापनि त्यसमा निर्णय हुन सकेको थिएन । यद्यपि १३ गते बसेको बैठकले भने महासचिवको उक्त पारिश्रमिकलाई कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै राष्ट्रिय टोलीका पुरुष तथा महिला खेलाडीहरुको परिश्रमिक पनि बृद्धि गरेर ३० हजार पुर्याइएको छ । यसअघि खेलाडीहरुले मासिक १८ हजार पारिश्रमिक पाउँदै आएका थिए । खेलाडीहरुको पारिश्रमिक बृद्धि गरिए तापनि महासचिव र खेलाडीहरुको असमान पारिश्रमिकका कारण एन्फाको यो निर्णयप्रति आलोचना पनि भईरहेको छ ।
त्यसैगरी फिफा रेफ्रीहरुको मासिक पारिश्रमिक पनि २० हजार गर्ने निर्णय एन्फाले गरेको छ । त्यसबाहेक राष्ट्रिय टोलीका पुरुष, महिला खेलाडीहरु, विभिन्न उमेर समुहका राष्ट्रिय खेलाडीहरु, रेफ्रीहरु, एन्फा पदाधिकारीहरु र एन्फा सचिवालयका कर्मचारीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान