News
राष्ट्रिय टोलीका लागि प्रो लाइसेन्स प्रशिक्षक नियुक्ति गरिने
काठमाडौं । एन्फाको बिहीबार सम्पन्न भएको सातौं कार्यसमितिको बैठकले नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि प्रो–लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
यो निर्णयसँगै हाल टोलीका मुख्य प्रशिक्षक रहेका भिन्सेन्जो अलबर्टो एनेसको विकल्प खोजिने पनि पक्का भएको छ । यसअघि भदौ ११ गते बसेको बैठकले नै भिन्सेन्जोको सम्झौता अवधि नथप्ने निर्णय भएको थियो ।
गत वर्ष मात्र नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका भिन्सेन्जोले नेपाललाई घरमै भएको थ्री नेशन्स कपको उपाधि जिताएका थिए । भिन्सेन्जोको प्रशिक्षकीय जिम्मेवारीमा नेपालले खेलेको कुल १९ खेलहरु मध्ये ५ मा जित, ४ मा बराबरी र १० खेलमा हार बेहोरेको थियो ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान