News
राष्ट्रिय टोलीका लागि प्रो लाइसेन्स प्रशिक्षक नियुक्ति गरिने
काठमाडौं । एन्फाको बिहीबार सम्पन्न भएको सातौं कार्यसमितिको बैठकले नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि प्रो–लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
यो निर्णयसँगै हाल टोलीका मुख्य प्रशिक्षक रहेका भिन्सेन्जो अलबर्टो एनेसको विकल्प खोजिने पनि पक्का भएको छ । यसअघि भदौ ११ गते बसेको बैठकले नै भिन्सेन्जोको सम्झौता अवधि नथप्ने निर्णय भएको थियो ।
गत वर्ष मात्र नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका भिन्सेन्जोले नेपाललाई घरमै भएको थ्री नेशन्स कपको उपाधि जिताएका थिए । भिन्सेन्जोको प्रशिक्षकीय जिम्मेवारीमा नेपालले खेलेको कुल १९ खेलहरु मध्ये ५ मा जित, ४ मा बराबरी र १० खेलमा हार बेहोरेको थियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”