News श्याम थापा (हुइया) को सम्झनामा फुटबल प्रतियोगिता हुने
गोलनेपाल

मध्यपश्चिम फुटबल इतिहासका होनहार ब्यक्तित्व स्वर्गीय श्याम थापा (हुइया) को सम्झनामा बाँकेको सैनिकमा फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

खजुरा गाउँपालिका वार्ड नं.१ सैनिकमा जय किसान स्पोर्ट क्लब खजुराको आयोजनामा स्वर्गीय थापाको सम्झनामा पुस ७ गते देखी उक्त फुटबल प्रतियोगिता हुने भएको हो । करिब दुई बर्ष अगाडी थापाको दुर्घटनामा अल्पआयुमा निधनभएको थियो ।

मध्यपश्चिम खेलकुद बिकास समिती र बाँके फुटबल बिकासमा उल्लेख्य योगदान दिएका थिए । खजुरा गाउँपालिका वडा नम्बर एक सैनिक निवासी स्वर्गीय श्याम थापा (हुइया) ले बाकेको खेलकुदमा दिएको योगदानलाई कदर गर्दै सम्झना स्वरुप उक्त फुटबल प्रतियोगिता गर्न लागिएको जय किसान स्पोर्ट क्लब खजुराका अध्यक्ष दिपु रानाले बताए ।

उक्त प्रतियोगिताको लागी बाँके बर्दिया मैत्री समाज जापानले प्रायोजन सहयोग गर्ने भएको छ । बाँके बर्दिया मैत्री समाज जापानले बाँके-बर्दियाको खेलकुद बिकासको लागि कार्य गर्दै आइरहेको र मध्यपश्चिमकै फुटबल बिकासमा टेवा पुराएका ब्याक्तित्वको सम्झनामा आयोजना हुनलागेको प्रतियोगितामा प्रायोजन सहयोग गर्न पाउँदा खुसी लागेको समाजका अध्यक्ष सुशील मल्लले बताए ।

नागरिक समाज डटकम र गोल नेपाल डटकम मिडिया पार्टनर रुपमा रहेको छ । नागरिक समाज डटकम र गोल नेपालले प्रतियोगिताको फाइनल खेललाई प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

Post Comments