News
झापामा रोलिङ च्यालेञ्ज कपको तयारी सुरु
धुलाबारी । झापा धुलाबारीको पुरानो फुटबल क्लब रोलिङ क्लबले आठौँ संस्करणको फुटबल प्रतियोगिताको तयारी सुरु गरेको छ ।
आयोजकले खेलमैदान मर्मतको काम सुरु गरेको हो । मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम सुरु भएको हो । यही कात्तिक ३ गतेदेखि १० गतेसम्म हुने रोलिङ च्यालेञ्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको सचिव महेश खड्काले बताए ।
मेचीनगर(१० मा रहेको धुलाबारी माविको खेलमैदानमा हुने प्रतियोगितामा सीमावर्ती भारतका दुई टिम र नेपालका छवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद तीन लाख, ट्रफी र मेडल पाउँदा उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्ने खड्काले बताए ।
Post Comments
Related News
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा