News
नमुना युवा क्वाटरफाइनलमा प्रवेश
कावासोती । संघर्षपुर्ण जितका साथ नमुना युवा क्लब यहाँ जारी ३८औं युनाइटेड गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नमुनाले प्रिक्वाटरफाइनलतर्फ देवचुली युवा तथा खेलकुद विकास समितिलाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
प्रतियोगिता अन्तर्गत भदौ १८ गते मंगलबारको खेल भैरव स्पोर्टस क्लब र भेडाबारी युवा क्लब बीच हुने आयोजकले जानकारी दियो ।
युनाइटेड युवा क्लब, गिरुबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । फाइनल खेल भदौ २९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान