News
फराकिलो जितका साथ सेन्ट्रल कलेज २८ बिगाहा क्वाटरफाइनलमा
कावासोती । फराकिलो जित निकाल्दै सेन्ट्रल कलेज २८ बिगाहा क्लब यहाँ जारी ३८औं युनाइटेड गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको सातौं क्वाटरफाइनलतर्फ २८ बिगाहाले नवलपुर–११ लाई शून्यका विरुद्ध ६ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।
प्रतियोगिता अन्तर्गत भदौ २१ गते शुक्रबारको अन्तिम प्रिक्वाटरफाइनल खेल दुम्किवास युवा क्लब र राईनो युवा क्लब बीच हुने आयोजकले जानकारी दियो ।
युनाइटेड युवा क्लब, गिरुबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । फाइनल खेल भदौ २९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा