News वातासिनो ३८औं युनाइटेड गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

कावासोती । संघर्षपुर्ण जितका साथ वातासिनो योङ स्टार युथ क्लब यहाँ जारी ३८औं युनाइटेड गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलतर्फ वातासिनोले नमुना युथ क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने वातासिनोले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

प्रतियोगिता अन्तर्गत भदौ २४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल भेडाबारी युथ क्लब र सेन्ट्रल कलेज २८ बिगाहा युथ क्लब बीच हुने आयोजकलृ जानकारी दियो ।

युनाइटेड युवा क्लब, गिरुबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्नेछ । फाइनल खेल भदौ २९ गतेका दिन हुनेछ ।

Post Comments