काठमाडौं । भुटानमा हुने साफ यु–१७ च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय यु–१७ फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २३ सदस्यीय राष्ट्रिय यु–१७ फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेको हो ।
स्मरण रहोस, नेपालले यही सेप्टेम्बर २० देखि २० तारीखसम्म भुटानको थिम्पुमा हुन गईरहे को साफ यु–१७ च्याम्पियनसिपमा समूह बी मा रहेर आयोजक भुटानसहित पाकिस्तान र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
त्यस्तै समूह बी तर्फ साविक विजेता भारतसँगै माल्दिभ्स र बंगलादेश रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाली यु–१७ राष्ट्रिय टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः पेम्बा नुर्बु भोटे, राम बहादुर बोहरा, भक्त बहादुर परियार
डिफेन्डर्सः सरन एसके, प्रशान्त मोक्तान, जिवन गुरुङ, सुजल मान घले, निशान राज लावत, भुवन कामी, एकराज विश्वकर्मा
मिडफिल्डर्सः कृष्ण बहादुर आले, जोन बिष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, अलिक श्रेष्ठ, सबिन कुमार लुङ्गेली
फरवार्डसः रोहित श्रेष्ठ, सन्तोष गोङबा, सुजन डंगोल
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)