News
एन्फालाई पुनः ७ दिनको समय
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ ।
राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेश गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म पटक पटक पत्रचार गर्दा पनि पेश गरेको छैन ।
२०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी पेश गर्ने प्रतिबद्धता अनुरुप राखेपले एन्फालाई २०७९ जेठ ३० गते एन्फालाई साधारण सभा तथा निर्वाचन गर्न स्वीकृति दिएको थियो ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान