News दुहबीमा स्पोर्टस एकेडेमी सञ्चालनमा
गोलनेपाल

दुहबी । नेपालमा खेलकुद गतिविधीले गति लिंदै गर्दा विभिन्न शहरहरुमा स्पोर्टस एकेडेमीहरुको स्थापना हुने क्रम पनि जारी छ । त्यसैक्रममा सुनसरी स्थित दुहबीमा पनि दुहबी स्पोर्टस एकेडेमी सञ्चालनमा आएको छ ।

एकेडेमीको शनिबार एक कार्यक्रमका बीच दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले उदघाटन गरे । एकेडेमीका अध्यक्ष निश्चल राज शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य एकेडेमीका सचिव रबी कार्कीले शुरु गरेका थिए ।

यो स्पोर्टस एकेडेमीको स्थापनासँगै जिल्लामा मात्र नभएर देशमै यसले राम्रा खेलाडीहरु उत्पादनमा विशेष र अहम भूमिका खेल्ने उपस्थित अतिथीहरुको भनाई थियो । उता एकेडेमीका अध्यक्ष शाक्यले सबैको सहयोग र हौसलाले नै एकेडेमी स्थापना गर्न आफूहरु सफल भएको चर्चा गर्दै उनले आगामी दिनहरुमा पनि सबैको सहयोग र समर्थनको खाँचो रहेको औंल्याए ।

सोही अवसरमा बिभिन्न खेलकुदहरुमा सफल हुने खेलाडीहरूलाई प्रमुख अतिथी दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले ट्र्याकसुट बितरण गरेका थिए ।

Post Comments