News क्लबस्तर मै तयार भयो कृत्रिम टर्फ मैदान
गोलनेपाल

गोरखा । गोरखा जिल्लामा नेपाल मै पहिलोपटक स्थानीय स्तरमा कृत्रिम घाँसको फुटबल मैदान तयार भएको छ । द ओसन क्लबले बनाएको उक्त मैदान नेपालमा स्थानीय क्लबले आफ्नै लगानीमा बनाएको पहिलो मैदान समेत हो ।

दलभञ्ज्याङ स्थित रहेको उक्त फुटबल मैदान निर्माण गर्न कुल ५० लाख खर्च भएको द ओसन क्लबले जनाएको छ । उक्त मैदानको एक कार्यक्रमका बीच उद्घाटन समेत गरियो ।

नगर प्रमुखको ह्याट्रिक

त्यस्तै कार्यक्रमको उद्घाटन भने गोरखा नगरपालिका र पत्रकारहरुबीचको मैत्रीपूर्ण खेल खेलाएर गरिएको थियो । सो खेलमा नगरपालिकाको टिमले पत्रकारको टोलीलाई ६–३ ले हराएको थियो । खेलमा गोरखा नगरपालिकाका नगर प्रमुख राजन पन्तले ह्याट्रिक गरे ।

क्लब अध्यक्षले दिए सबैलाई धन्यवाद

सो अवसरमा द ओसन क्लबका अध्यक्ष अमित खत्रीले सहयोगीदाता, सरकारी संस्था लगायत सबै शुभेच्छुकहरुलाई धन्यवाद दिए । उनका अनुसार सबैको सहयोग र सहकार्यले नै कृत्रिम घाँसे मैदान तयारी गर्न आफूहरु सफल भएको बताए ।

 

Post Comments