News भुजी लिग कात्तिक दोस्रो सातादेखि
गोलनेपाल

भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिताको आठौं संस्करण कात्तिकको दोस्रो साताबाट सुरु हुने भएको छ ।

रामेछाप जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगिता भुजी लिग कात्तिक ९ देखि १६ सम्म सञ्चालन हुने आयोजक लिखु भुजी रामेछाप युवा क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

एक लाखभन्दा बढी पुरस्कार राशि रहेको प्रतियोगिताका लागि हाल टिम दर्ता खुला गरिएको आयोजक क्लब लिखु भुजी रामेछाप युवा क्लबका उपाध्यक्ष मनोज सुनुवारले जानकारी दिए । उनका अनुसार कात्तिक ८ सम्म टिम दर्ता हुने र त्यसपछि प्रतियोगिताको टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले २७ हजार तथा तेस्रो हुने टोलीले १३ हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा सर्वाेत्कृष्ट घोषित हुने एक खेलाडीसहित व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि पुरस्कृत हुने उपाध्यक्ष सुनुवारले जानकारी दिए ।

Post Comments