News
ध्रुवतारा कपः वार्ड नम्बर ९ को जित
दमक । ध्रुवतारा स्र्पोटिङ क्लब, दमक, झापाको आयोजनामा जारी ध्रवतारा कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा संघर्षपुर्ण जित निकाल्दै वार्ड नम्बर ९ दोस्रो चरणमा प्रवेश गरेको छ ।
वार्ड नम्बर ९ ले वार्ड नम्बर ७ लाई पेनाल्टी शुटआउटमा २–१ ले हराउँदै अर्को चरणमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा वार्ड नम्बर ९ का गोलरक्षक जतिन उराउ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत असोज १० गते बिहीबारको खेल वार्ड नम्बर ८ र १० बीच हुने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक