News
दोस्रो सृजनशील कपको तयारी पूरा (खेलतालिकासहित)
बुधबारे । सृजनशिल युवा क्लब, बुद्धशान्ति–४, झापाको आयोजनामा यही असोज १६ गतेदेखि शुरु हुन गईरहेको दोस्रो सृजनशिल कप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा असोज १६ गतेका दिन ब्रदर्श फुटबल क्लब, दमक र शनिश्चरे फुटबल क्लब, अर्जुनधारा भिड्ने खेलतालिकामा उल्लेख छ ।
कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २३ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई उचित नगद पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक