शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा आयोजक डासाब युवा क्लबको चुनौती पन्छाउँदै पाहुना टोली इलाम तिनघरेको न्यू भिजन युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोस्रो हाफमा १-० गोलको अग्रता जोगाउन नसक्दा आयोजकले इलामसँग बराबरीमा रोकिनु परेको थियो । अन्ततः खेलको छिनोफानो सडन डेथबाट भएको हो । सडन डेथमा आयोजकमाथि इलामले ६-५ गोलअन्तरमा जित दर्ता गर्यो ।
खेलमा आयोजकका हरि मगरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, केही समयपछि इलामका मौसम राईले सम्झनलायक गोल गरेर टिमलाई बराबरीमा फर्काए । उत्कृष्ट गोल गरेका मौसम राई प्लेयर अफ दी म्याच बन्दै एक हजार पाँच सय पाउन सफल भए ।
आइतबार उपाधिको दाबेदार टोली शनिश्चरे एफसीले झापा एफसी राजगढसँग पहिलो सेमिफाइनल खेल खेल्ने छ । यस्तै, इलामले सैनिक ११ बिर्तामोडसँग सोमबार प्रतिस्पर्धा गर्ने खेल संयोजक बेनुकुमार राईले जानकारी दिए । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र आकर्षक ट्रफी पाउने छ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक