News
एन्फा र रेड बुलबीच सम्झौता
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) र चर्चित अन्तर्राष्ट्रिय इनर्जी ड्रीन्क्स रेड बुलबीच बिहीबार सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा एक कार्यक्रमका बीच एन्फाको तर्फबाट महासचिव किरन राई र रेड बुलका प्रतिनिधिले हस्ताक्षरसँगै आदानप्रदान गरेका थिए ।
सम्झौताअनुरुप रेड बुलले साफ महिला च्याम्पियनसिपको प्रत्येक खेलहरुमा 'रेड बुल इनर्जेटिक प्लेयर अवार्ड' बापत नगद २५ हजार पुरस्कार उपलब्ध गराउनेछ ।
स्मरण रहोस, साफ महिला च्याम्पियनसिप यही कार्तिक १ गते बिहीबारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज दुई चिरप्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दैछ्न । खेल नेपाली समयअनुसार ५:३० बजे शुरु हुनेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)