News थाङसाङलाई क्लबलाई उपाधि
गोलनेपाल

जेभाले । पाँचथरको जेभालेमा सम्पन्न नरबहादुर रिमाल स्मृति कप २०८१ को उपाधि थाङसाङ क्लब फिदिमले जितेको छ । जेभालेको खेल मैदानमा बुधबार सम्पन्न फाईनल खेलमा ब्वाईज युनियन क्लब फालेलुङलाई ३–१ गोलले पराजित गर्दै फिदिमले उपाधि कब्जा गरेको हो । उपाधि जितेसँगै फिदिमले १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा सिमित बनेको फालेलुङले ७५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फिदिमको जितका लागि नवराज गुरुङ एक्लैले २ गोल गरे । पहिलो हाफमा बराबरी खेलेका दुबै टिमले दोस्रो हाफमा आक्रमक खेलेका थिए । दोस्रो हाफको अन्तिम समयमा फिदिमका नवराजले सुरुवाती गोल गरे । जवाफमा फालेलुङका समिर तामाङले उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।

निर्धारित समयमा दुबै टिम बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा फिदिमका निर्देश राई र नवराजले गोल गरेर टिमलाई जित दिलाए । प्रतियोगिताको अन्तिम समयमा फिदिमको आक्रमक खेललाई रोक्न नसक्दा फालेलुङ उपबिजेतामा सिमिति बन्यो ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी फिदिमका निर्देश राई घोषित भए । सुकेटा फुटबल क्लब ताप्लेजुङका प्रकाश राई प्रतियोगिताको सार्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत बने । ब्वाईज युनियन फालेलुङका रोशन धिमाल उत्कृष्ठ डिफेन्डरको रुपमा पुरस्कृत बने । फिदिमका बिवेक मगर उत्कृष्ट गोलकिपरको रुपमा पुरस्कृत बने । आयोजक जेभाले फुटबल क्लबका युन्सन राई उदयमान खेलाडीको रुपमा पुरस्कृत बने ।

प्रतियोगिताको बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङ्देम्बेले पुरस्कार प्रदान गरे । दशमी मेला आयोजक समितिको आयोजनामा फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

आयोजकसहित १६ टिमले सहभागिता जनाएको फुटबल प्रतियोगिता दशमी मेला समितिका अध्यक्ष जितेश राईको अध्यक्षतामा सम्पन्न भएको हो । पुख्र्यौली थलो जेभाले भएर हालै अमेरीकामा मृत्युवरण गरेका स्वर्गीय नरबहादुर रिमालको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको थियो ।

Post Comments