पाँचथर । फाल्गुनन्द २ स्थित इम्बुङमा कात्तिक २७ गतेदेखि पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु हुने भएको छ । ऐतिहासिक बराहक्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा प्रतियोगिता हुन लागेको हो ।
टु स्टार ग्रामीण सिर्जनशील क्लब इम्बुङको आयोजनामा हुने पुरुषतर्फको फुटबल प्रतियोगिताको विजेताले नगद १ लाख १० हजार पाउने क्लबका अध्यक्ष अर्जुन नेम्बाङले जानकारी दिए ।
उनका अनुसार उपविजेता बन्ने पुरुष टोलीले नगद ७० हजार र आकर्षक ट्रफी पाउने छ । प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहने छ । फाइनल खेल मंसिर २ गते हुनेछ ।
यसैगरी, महिलातर्फको विजेता टोलीले १० हजार तथा उपविजेताले नगद ५ हजार र ट्रफी पाउनेछ । महिलातर्फ चार वटा टोलीमात्र सहभागी हुने बताइएको छ ।
फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका उपाध्यक्ष विजय नेम्बाङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सत्यहाङमा मावि इनमको खेलमैदानमा सञ्चालन हुनेछ ।
यसैबीच, ऐतिहासिक बराहक्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा विभिन्न जातजातिका झाँकी प्रदर्शनको तयारी गरिएको बजार सयोजक हेनी प्रकाश नेम्बाङले बताए । उनका अनुसार मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश