News छातेढुंगा दीपावली मेला: उपाधिका लागि खाम्लालुङ र लुङछाता एफसी भिड्ने
गोलनेपाल

आठराई । तेह्रथुमको आठराई स्थित छातेढुंगामा जारी दीपावली मेला अन्तर्गत खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि आठराई गाउँपालिका २ खाम्लालुङ र लुङछाता एफ सी छातेढुंगा भिड्ने भएका छन ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा जामुनबारी झापालाई दुइ शुन्यले पराजित गर्दै खाम्लालुङले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

त्यस्तै सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा नागेश्वरी होडालाई एकका विरूद्ध ४ गोल गर्दै लुङछाता एफ सी छातेढुंगाले खाम्लालुङसंगको भेट पक्का गरेको हो ।

त्यसैगरी महिला तर्फको उपाधिका लागि म्याङलुङ स्पोटिङ क्लब तेह्रथुम र ओएसिस युनाइटेड हाम्पाङ बिच पर्तिस्पर्धा हुने भएको छ ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा पोखरी मा.वि. लाई शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै ओएसिसले फाइनल यात्रा पक्का गरेको हो ।

त्यस्तै दोस्सो सेमीफाइनलमा म्याङलुङ स्पोटिङ क्लब म्याङलुङले डिफेन्डिङ च्याम्पियन श्रीजंग राय पापो समाजलाई एक शुन्यले पराजित गर्दै म्याङलुङ फाइनल प्रवेश गरेको हो ।

पुरूष तथा महिला तर्फका दुबै फाइनल खेल कार्तीक २७ गते मंगलबार हुनेछन । एक्काइस टीम सहभागी रहेको खुल्ला पुरूष फुटबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार सहित ३ वर्षे रनिङ ट्रफि,उपविजेताले एक लाख सहित ट्रफि मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन ।

त्यस्तै चार टीम रहेको खुल्ला महिला तर्फको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि तथा उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्ने मेला व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिए ।

 

Post Comments