News
छातेढुंगा दीपावली मेला: पुरूषतर्फ लुङछाता र महिला तर्फ म्याङलुङलाई उपाधि

आठराई । तेह्रथुमको आठराई स्थित छातेढुंगामा सम्पन्न दीपावली मेला अन्तर्गत खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि लुङछाता एफ सी छातेढुंगाले जितेको छ ।
पोखरी मा.वि.को खेलमैदानमा मंगलबार सम्पन्न फाईनल खेलमा खाम्लालुङलाइ पेनाल्टी सुट आउटमा ३-१ गोलले पराजित गर्दै लुङछाताले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको थियो ।
उपाधि विजेता लुङछाताले नगद एक लाख पचास हजार सहित तीन वर्षे रनिङ ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता खाम्लालुङले एक लाख सहित ट्रफि मेडल र प्रमाण-पत्रमा चित्त बुझायो ।
त्यसैगरी महिला तर्फको उपाधि म्याङलुङ स्पोटिङ क्लब तेह्रथुमले हात पारेको छ। मंगलबार नै सम्पन्न फाइनलमा ओएसिस युनाइटेड हाम्पाङ ताप्लेजुङलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि संगै म्याङलुङले असी हजार सहीत रनिङ ट्रफि प्राप्त गर्यो भने उपविजेता ओएसिसले पचास हजार सहित ट्रफि प्राप्त गर्यो ।
Post Comments
Related News
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने