
काठमाडौं । फिफा विन्डोतर्फ दक्षिण एसियाली राष्ट्र श्रीलंकाले शनिबार खेलेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा आफूभन्दा निकै माथिल्लो वरियताको यमनमाथि सनसनीपूर्ण जित निकालेको छ ।
कतारको दोहामा सम्पन्न खेलमा खेलमा २०३औं वरियतामा श्रीलंकाले १५४औं वरियताको यमनलाई १–० ले हरायो । श्रीलंकाका लागि ज्याक हिंगर्टले ८९औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।
स्मरण रहोस, यसअघि फिफा विश्वकप छनौटतर्फ नेपाल कै समूहमा रहेको यमनले पहिलो लेगमा नेपाललाई २–० ले हराएको थियो भने दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेको थियो ।
सम्झिनुपर्ने कुरा त श्रीलंका हाल नेपाल कै पूर्व मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरीको अन्तरिम प्रशिक्षणमा छ । श्रीलंकाले यमनसँग दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ । त्यस्तै शनिबार नै भएको अर्को एक मैत्रीपूर्ण खेलमा बंगलादेशले माल्दिभ्सलाई २–१ ले हरायो ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात