News
टरिगाउँलाई चौथो हिरा डाँगी स्मृति कपको उपाधि
तुलसीपुर । यहाँ सम्पन्न चौथो हिरा डाँगी स्मृति कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली टरिगाउँ युवा क्लब, तुलसीपुरले जितेको छ ।
शनिबार तुलसीपुर स्थित अरनिको खेलमैदानमा सम्पन्न फाइनलमा टरिगाउँले ब्रिगेड ब्वाईज क्लब, काठमाडौंमाथि २–१ को रोमाञ्चक जित निकाल्दै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको टरिगाउँले उपाधिसहित नगद २,०२,२०० हात पारेको छ भने उपविजेता ब्रिगेड ब्वाईजले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बनेको छ ।
हिरा डाँगी फाउण्डेशन, तुलसीपुर, दाङको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा