News
प्रथम देवचुली गोल्डकप : अभिषेक चर्च क्वाटरफाइनलमा
देवचुली । यहाँ जारी प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर विजयी भएको छ । खेलमा अभिषेक चर्च रजहरका विरुद्ध नवलपुर ११ बिच सोमबार भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।
अभिषेक चर्चले नवलपुर ११ लाई ५–३ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अभिषेक चर्च रजहरका हेनरीले २ गोल, सुजित बुढाथोकी, आशिष सुनार र अभिषेक महतोले १–१ गोल गरेका थिए भने नवलपुर ११ का रोशन क्षेत्री २ गोल र बिक्की चामलिङ राइले १ गोल गरेका थिए ।
प्रतियोगितामा मंगलबार साथीभाइ फुटबल क्लबका विरुद्ध सेन्टर कलेज अठाइस बिगाहा बिच खेल हुने आयोजकले जनाएको छ ।
देवचुली नगरपालिका संरक्षक रहेको प्रतियोगितामा देवचुली १० वडा कार्यालय, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १०, देवचुली नगर युवा तथा खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति नवलपुर, जिल्ला फुटबल संघ नवलपुरको सहकार्य र समन्वय रहेको छ । प्रतियोगिताको प्रायोजक सदभाव इन्टरनेशनल एजुकेसन रहेको छ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा