News जनता र रचना एफसी क्वाटरफाइनलमा
गोलनेपाल

चुलाचुली । जनता फुटबल क्लब र रचना फुटबल क्लब यहाँ जारी पाँचौं फुङ्नाम च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छन् ।

क्वाटरफाइनल प्रवेश गर्ने क्रममा प्रिक्वाटरफाइनलतपर्ः जनताले दशर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । खेलमा जनताका युनिस मगर म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा रचना फुटबल क्लबले जुनता फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै क्वाटरफाइनलमा यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा रचनाका कप्तान दिलिप श्रेष्ठ चुनिए ।

फुङनाम स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १४ गतेका दिन हुनेछ ।

Post Comments