News दमकडा माविलाई सेन्ट कपितानियो कपको उपाधि
सुरज राना मगर

तानसेन । सेन्ट कपितानियो स्कुल, तानसेनले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरी रजत महोत्सवको अवसरमा आयोजना गरेको सेन्ट कपितानियो इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि दमकडा माविले जितेको छ ।

फाइनलमा दमकडाले न्यु होराईजन इङलिस बोर्डिङ स्कुललाई ३–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । दमकडाको जितमा राज घर्ती मगर, आश्विन सारु र इन्द्र कुँवरले गोल गरे । पराजित न्यु होराईजनका लागि भने एन्जल रेग्मीले एक मात्र गोल फर्काएका थिए ।

विधागततर्फ उत्कृष्ट गोलरक्षक देववाणी माविका आयुष कार्की बन्दा उत्कृष्ट डिफेन्डर दमकडा माविका योगेन्द्र जर्गा चुनिए । उदीयमान खेलाडी न्यु होराईजनका शिशिर थापा बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि न्यु होराईजन कै निकसन न्यौपानेले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने विजेता टोली दमकडा माविका प्रशान्त क्षेत्री घोषित भए ।

 

Post Comments