News उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
गोलनेपाल

सप्तरीः सप्तकोशी नगर पालिकाको मुख्य प्रायोजन, सप्तकोशी नगर खेलकुद विकास समितिको आयोजना र न्यू त्रियुगा स्पोर्टस् कल्बको सह- आयोजनामा सञ्चालन भैइरहेको तेस्रो साप्तकोशी गोल्डकप फुटबल प्रतियोगिता-२०८३ आज प्रतियोगिताको पहिलो दिनको खेल सम्पन्न भएको छ। उक्त खेलमा उदयपुरका बसाहा क्लबले रौतहटका चिडिया दह स्टार क्लबलाई ४-१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिली बनेको हो।

खेलको निर्धारित समयमा बसाहा क्लब उदयपुरको लागि सुदिप श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने रवि शंकर चौधरीले पुनः अर्को गोल थपेर दोब्बर अग्रता बनाए र बसाहा कै लागि फेरी तेस्रो गोल सचिन खड्काले गरे। त्यसैगरी चिडियादह स्टार कल्बको तर्फबाट सुबाश लोप्चनले एक गोल फर्काएको थियो भने बसाहाको लागि सचिन खड्काले पुनः अन्तिम गोल थपेर जित सिनिश्चित गर्दै प्रतियोगिताको सिमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल समेत गरेका बसाहा क्लब उदयपुरका सुदिप श्रेष्ठ 'म्यान अफ दि म्याच' बने र नगद रु. २५०० सहित ट्रफि प्राप्त गरे।

प्रतियिगितामा बिजेता बन्ने टिलीले नगद रु. दुई लाख र उपबिजेता टोलीले नगद रु. एक लाख सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधामा उत्कृष्ट खेलाडिलाइ विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।

Post Comments