News
फिदिममा आजदेखि फाल्गुनन्द गोल्डकप
फिदिम । पाँचथरको फिदिममा आजदेखि ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप सञ्चालन हुँदैछ । गोल्डकपमा भारतसहित १० टिमको सहभागिता रहेको छ ।
आज हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरका अनुसार पुस १५ गते हुने फाइनल खेलको विजेताले १० लाख ५५५ रुपैयाँ पाउने छ । उपविजेताले ५ लाख ५५५ रुपैँया पाँउनेछ । २०६५ सालदेखि सुरु भएको गोल्डकपको पुरस्कार राशि दोब्बर बनाइएको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदीयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।
Post Comments
Related News
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश