News फिदिममा आजदेखि फाल्गुनन्द गोल्डकप
रमेश समदर्शी

फिदिम । पाँचथरको फिदिममा आजदेखि ११औँ संस्करणको फाल्गुनन्द गोल्डकप सञ्चालन हुँदैछ । गोल्डकपमा भारतसहित १० टिमको सहभागिता रहेको छ ।

आज हुने उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरका अनुसार पुस १५ गते हुने फाइनल खेलको विजेताले १० लाख ५५५ रुपैयाँ पाउने छ । उपविजेताले ५ लाख ५५५ रुपैँया पाँउनेछ । २०६५ सालदेखि सुरु भएको गोल्डकपको पुरस्कार राशि दोब्बर बनाइएको हो । 

Post Comments