News
दोस्रो पौवादुङमा गोल्डकप माघ पहिलो सातादेखि
च्याङ्ग्रे । पौवादुङमा गाउँपालिका खेलकुद विकास समिति, च्याङ्ग्रे, भोजपुरको आयोजनामा माघ १ गतेदेखि दोस्रो पौवादुङमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
नाईन ए साईडका रुपमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुलाई यही पुष २० गतेसम्म टिमदर्ता खुला समेत गरिएको छ । त्यस्तै पुष २१ गते खेलतालिका प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो ।
पौवादुङमा गाउँपालिका, भोजपुरको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले ज ानकारी दियो ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा