News
तेस्रो सोल्टी ११ फुटबल च्याम्पियनसिप हुने
काठमाडौं । गुरुङ समुदायहरुको महान चाड तमु ल्होसार (पुष १५) को अवसरमा तेस्रो सोल्टी ११ नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।
सोल्टी ११, सामाखुशी काठमाडौंको आयोजनामा यहि पुष १० र ११ गतेका दिन हुन गईरहेको च्याम्पियनसिपको विजेताले उपाधिसहित नगद ६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १,१११ रुपैयाँ सहित मेडल र सर्टिफिकेट प्रदान गरिने आयोजकले जनाएको छ ।
गोंगबु स्थित मनाङ मस्र्याङ्दी फुटसल एरिनामा हुने प्रतियोगितामा सहभागिता जनाउने इच्छुक टोलीहरुका लागि टिम दर्ता शुल्क ६,६६६ रुपैयाँ तोकिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै