
कोहलपुर । कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको मुख्यमन्त्री कोहलपुर गोल्डकपको तेस्रो संस्करणको तयारी तिव्र रुपमा शुरु भएको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको तयारीमा जुटेको बताए ।
प्रतियोगिता कै तयारी स्वरुप क्लबले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक नियुक्त समेत गरेको छ । क्लबले मुख्य प्रशिक्षकमा रामजित थारु र सहायक प्रशिक्षकमा भोजराज शाहीलाई नियुक्त गरेको हो ।
स्मरण रहोस, कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा पहिलो र दोस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपको संस्करण भव्य र सभ्य रुपमा सफल भइसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोहलपुर रेसिङ्ग साहारा क्लबलाई गोल्डकपका लागि मिति स्वीकृति समेत गरिसकेको छ । जसअनुसार प्रतियोगिता आउँदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म हुने जानकारी आयोजकले दिएको छ ।