
घैरुङ । हिमालय देवी युवा क्लब, शहिद लखन गाउँपालिका–६, घैरुङ, पिपलछाप, गोरखाको आयोजनामा वार्षिक रुपमा हूँदै आएको शहिद हिमालय देवी कप खुला नकआउट फुटबल प्रतियोगिता तथा माघेसंक्रान्ती मेला यही पुष २५ गतेदेखि हुने भएको छ ।
शहिद लखन गाउँपालिका–६, घैरुङ स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको पुष २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । टिमदर्ता शुल्क ८५०० र डिपोजिट वापत १५०० बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका राम गुरुङले जानकारी दिए ।
त्यसबाहेक प्रतियोगिताको विशेष आकर्षणका रुपमा गोरु जुधाई, खुला दौड प्रतियोगिता, हस्तकला प्रतियोगिताका साथै विविध साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने आयोजक क्लबका अध्यक्ष निर्मल गुरुङले जानकारी दिए ।