News तेस्रो सोल्टी ११ फुटबल च्याम्पियनसिप हुने
गोलनेपाल

काठमाडौं । गुरुङ समुदायहरुको महान चाड तमु ल्होसार (पुष १५) को अवसरमा तेस्रो सोल्टी ११ नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।

सोल्टी ११, सामाखुशी काठमाडौंको आयोजनामा यहि पुष १० र ११ गतेका दिन हुन गईरहेको च्याम्पियनसिपको विजेताले उपाधिसहित नगद ६६,६६६ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १,१११ रुपैयाँ सहित मेडल र सर्टिफिकेट प्रदान गरिने आयोजकले जनाएको छ ।

गोंगबु स्थित मनाङ मस्र्याङ्दी फुटसल एरिनामा हुने प्रतियोगितामा सहभागिता जनाउने इच्छुक टोलीहरुका लागि टिम दर्ता शुल्क ६,६६६ रुपैयाँ तोकिएको आयोजकले जानकारी दियो ।

Post Comments