काठमाडौं । नेपालका दुई क्लब झापा–११ फुटबल क्लब र लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडले सिक्किमको नाम्चीमा हुन गईरहेको १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
आयोजक नाम्ची जिल्ला फुटबल संघ, नाम्ची, सिक्किमको आयोजनामा वार्षिक रुपमा हुँदै आएको यो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
नाम्चीको जोरेथाङ स्टेडियममा ९ देखि २१ जनवरीसम्म हुन गईरहेको प्रतियोगितामा झापा–११ ले प्रिक्वाटरफाइनलमा जनवरी १२ तारीखका दिन जिटिए–११, दार्जिलिङको सामना गर्नेछ ।
त्यस्तै बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने चर्च ब्वाईजले आफ्नो खेल १५ जनवरीका दिन नाम्ची युनाइटेड र जर्ज टलिग्राफ, कोलकाता बीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगितामा भारतको आई लिग टोली सुदेवा दिल्ली फुटबल क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबले पनि सहभागिता जनाएका छन् ।
खेलतालिका हेर्नुहोस्ः