News १९औं कौदी कप माघ पहिलो सातादेखि
गोलनेपाल

गण्डकी । कौदी युवा क्लब, गण्डकी गाउँपालिका, कौदी, गोरखाको आयोजनामा आउँदो माघ २ देखि ७ गतेसम्म १९औं कौदी कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

गण्डकी गाउँपालिका–४, कौदी, गोरखा स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको माघ १ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १० हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ४० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधाका खेलाडीहरुलाई पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments