
काठमाडौं । एलिसन स्पोर्टस प्रा.लि. को आयोजनामा यही पुस २९ गते जुनियर (यु–१७) तथा सिनियर महिला फुटसल प्रतियोगिता हुने भएको छ ।
रोयल नेपाल फुटसल कोर्टमा हुने प्रतियोगिताको यही पुस २५ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । प्रतियोगिताको टिमदर्ता शुल्क सिनियरतर्फ ३५०० र जुनियरतर्फ २५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको सिनियर विधातर्फ विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै जुनियरतर्फ विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसबोहक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9851353552, 9852056497 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।