News
प्रथम बैदे गोल्डकपः साइनिङ्ग सेमिफाइनलमा

चुलाचुली । सहज जितका साथ साइनिङ्ग स्र्पोटिङ क्लब, धनकुटा यहाँ जारी प्रथम बैदे गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा साइनिङले क्लब ओइसिस, इलामलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा साइनिङका योगेश थेगिम म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुस २८ गते आइतबारको पहिलो सेमिफाइनल खेल मिक्लाजुङ खेलकुद, पाँचथर र इन्ट्रा पथरी–११, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
द बैदे स्र्पोटिङ क्लब, चुलाचुली, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५०५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।
Post Comments