News
चारदेशीय माहिला फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

काठमाडौं । आउँदो फेब्रुअरी १७ देखि २६ तारीखसम्म हुन गईरहेको चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेलतालीका सार्वजनिक गरिएको छ ।
जसअनुसार १७ फेब्रुअरीका दिन दशरथ रंगशालामा हुने उद्घाटन खेलमा १:३० बजे म्यानमार र लेबनान भिड्ने छन । त्यस्तै सोही दिन साँझ ५:३० बजे हुने दोस्रो खेलमा नेपाल र किर्गिस्तान भिड्ने छन ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली २६ फेब्रुअरीका दिन हुने फाइनलमा उपाधिका लागि भिड्ने छन ।
Post Comments