News
सिक्किममा उपाधि नजिक चर्च ब्वाईज
काठमाडौं । नेपालको लिग च्याम्पियन समेत रहेको चर्च ब्वाईज युनाइटेड क्लब सिक्किममा जारी १०औं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलतर्फ चर्च ब्वाईजले इन्टरनेशनल फुटबल क्लब, पञ्जाबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि जोरेथाङ रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
पेनाल्टी शुटआउटमा भने चर्च ब्वाईजले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा चर्च ब्वाईजका कप्तान अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल