च्याङग्रे । कोट कालिका फुटबल क्लब यहाँ जारी दोस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पौवादुङमा रंगशालामा भएको खेलमा कोट कालिकाले आम्तेक–११ लाई ५– ० ले हरायो । कोट कालिकाको जितमा अमित बेसरले ह्याट्रिक गर्दा कमल खवास र रिचार्ड विलसनले थप एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका अमित बेसर म्यान अफ द म्याच समेत चुनिए ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा अल स्टारले दउराली एफसीलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । अल स्टारका लागि एन्चो लिम्बुले दुई गोल गरे भने निर्मल भुजेल र उत्कर्ष कुँवरले थप एक–एक गोल गरे । देउरालीका लागि भने राकेश राईले एक मात्र गोल फर्काए । खेलमा दुई गोल गरेका एन्चो लिम्बु म्यान अफ द म्याच घोषित भए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हातपार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ९ गतेका दिन हुनेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा