News
दाङमा दोस्रो बिक्रम पुन स्मृति कप हुँदै
घोराही । बिएफएल फुटबल क्लब, घोराही, दाङको आयोजनामा यही माघ ११ गतेदेखि दोस्रो बिक्रम पुन स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
घोराही स्थित नवलपुर खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ५–५ हजार र ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसबाहेक प्रत्येक खेलको म्यान अफ द म्याच पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा