News
योङ ब्वाईज झापालाई पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधि

आठराई । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकु मौलाडॉडामा सम्पन्न पॉचौ श्रीजंग राय स्मृति खुल्ला पुरूष फुटबल प्रतियोगिताको उपाधि योङ ब्वाईज झापाले हात पारेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा आयोजक श्रीजंग राय पापो समाजलाई सडन डेथमा ७-६ गोलले पराजित गर्दै झापाले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुबै टिमबाट एक एक को बराबरी भएपछि खेल पेनाल्टि सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि ४-४ को बराबरी भएपछि नतिजा सडन डेथ मार्फत निकालिएको हो ।
उपाधि संगै झापाले १ लाख ५ हजार १०८ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता आयोजक ए ले ६५ हजार १०८ सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच योङ ब्वाइजका बेगम गुरूङ घोषित हुँदै दुइ हजार प्राप्त गरे ।
इङनाम इवाहाङका ३८ औँ पुस्ताका ऐतिहासिक व्यक्तित्व श्रीजंग रायको सम्झनामा इङनाम इवाहाङ युवा समाजको आयोजनामा माघ १ गते देखि शुरू भएको प्रतियोगिता ६ गते आइतबार सम्पन्न भएको छ ।
Post Comments
Related News
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न