फिदिम । आगामी फागुनमा आयोजना हुने पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले पुरस्कारवापत ११ लाख पाउने भएको छ । प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेबाट हुँदैछ ।
आयोजक पाँचथर क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । फिदिम माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
आयोजकले यस संस्करणमा पुरस्कार राशिमा दोब्बर बृद्धि गर्दै च्याम्पियन बन्ने टोलीले नगद ११ लाख १ हजार १११ र ट्रफी प्राप्त गर्ने जनाएको हो । यसैैगरी, उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ ।
यस संस्करणमा ए डिभिजन लिगका चार टिम, अन्तर्राष्ट्रिय दुई टिम, बि डिभिजनको एक र आयोजक क्लब गरी जम्मा ८ टिमको सहभागिता रहने छ । सहभागी टिमहरुको केही समयपछि टुङ्गो लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश