News मलेसियाः एन पेनाङलाई सातौं हिमालयन गोल्डकपको उपाधि
गोलनेपाल

काठमाडौं । चाइनिज नयाँ वर्षको अवसर पारी मलेसियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित हिमालयन फुटबल क्लब, मलेसियाको आयोजनामा सम्पन्न सातौं हिमालयन गोल्डकपको उपाधि एन पेनाङ फुटबल क्लबले जितेको छ ।

मलेसियाको शेलंगोर स्थित शाह आलम शहरको पानासोनिक स्पोर्टस कम्प्लेक्समा भएको फाइनल भिडन्तमा एन पेनाङले आयोजक हिमालयन एफसीलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

विजेता बनेको एन पेनाङले उपाधिसहित नगद ४० हजार मलेसियन रिंगेट हात पार्यो भने उपविजेता हिमालयनले २० हजार रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

विधागततर्फ एन पेनाङका मनोज घिसिङ उत्कृष्ट गोलरक्षक बन्दा हिमालयनका कृष्ण रानाभाट उत्कृष्ट डिफेन्डर बने । एन पेनाङका रोशन भुजेल उत्कृष्ट मिडफिल्डर चुनिदा हिमालयनका केन उत्कृष्ट प्रशिक्षक बने ।

एन पेनाङका मदन स्याङतनले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा हिमालयनका राजकुमार लिम्बु प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट बनेका सबैले जनही ५००–५०० मलेसियन रिंगेट र ट्रफी हात पारे ।

Post Comments